अवैध लागूऔषधसहित पक्राउ

September 14, 2020   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

सर्लाही, बाग्मती नगरपालिका-९ बाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सिंह ठकुरी र ५४ वर्षीय राज कुमार ठकुरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले मिलनको घरबाट करिब १ किलो ७ सय ग्राम गाँजा र राज कुमारको घरमा करिब ८ सय ग्राम गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-५ राजाबस्तीबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ आइतबार साँझ प्रहरीले बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा मे.११ प ८०७५ र मे.२ प ७९४ नम्बरको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरु मोटरसाइकल र उक्त पदार्थ छोडेर फरार भएका थिए । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।