अवैध रुपमा भन्सार छलि लैजाँदै गरेको हरियो मटर सहित पक्राउ

September 14, 2020   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ भटौलिया चोकबाट अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब १६ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको हरियो मटर सहित रुपन्देही सियारी गाउँपालिका-८ भन्सार बस्ने २५ वर्षीय बिनोद चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले ना.४ ख ४६२५ नम्बरको ट्रक जाँच गर्ने क्रममा उक्त हरियो मटर फेला पारी ट्रक चालक चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीलाई मटर र ट्रक सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।