मन्त्रालयले कोरोना परिक्षण तोकेको रकम मात्र लिन निर्देशन

September 14, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

नेपालमा कोरोना भाइरसको संक्रमित दैखिन थाले पछि चैत्र-२०७६ पश्च्यात सरकारले बिभिन्न रकम तोकेर कोरोना संक्रमणको पुष्टी गर्न पिसिआर परिक्षणका लागी रकम तोक्दै आएको छ ।

फरक समयमा फरक फरक अधिकतम रकम सरकारले तोक्दै आएको छ । पछिल्लो समय भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । नेपालमा अहिले सरकारी ४७ वटा प्रयोगशालामा पिसिआर परीक्षण हुँदै आइरहेको छ ।

मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पिसिआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि रु दुई हजार परीक्षण शुल्क तोकेको थियो ।

यसअघि मन्त्रालयले पिसिआर परीक्षणका लागि रु चार हजार ४०० तोको थियो । त्यो भन्दाअघि पिसिआर परीक्षणका लागि मन्त्रालयले ५ हजार ५०० शुल्क तोकेको थियो ।