आन्तरिक उडान र अन्तर जिल्ला सार्वजनिक यातायात असोज ५ बाट चल्ने

September 15, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

लामो समयको लकडाउन र बन्दाबन्दीको मारमा परेका सार्बजनिक यातायातका संञ्चालकहरुले सरकारले वेवास्ता गरे आगामी असोज-१ गते बाट आफू खुशी सार्बजनिक यातायात संञ्चालन गर्ने निर्णय गरे पछि सरकारले हिजो सोमबार बसेको मन्त्रीमण्डलको बैठकले सार्वजनिक यातायात र आन्तरिक उडान असोज-५ गते बाट संञ्चालन गर्न दिने निर्णय गरेको छ ।

कति पय सार्बजनिक यातायात गत चैत्र ११ गते को देश पूर्ण लकडाउन मा गए पछि गुडेका छैनन् भने पार्किंग गरेर राखेको स्थानमा सार्वजनिक यातायातमा लहरे झारले लटरम्म छोपेका छन् । कोरोना भाइरस मानिस बाट मानिसमा सर्ने रोग भएता पनी सरकार सार्बजनिक यातायात संञ्चालकहरुले पालना गर्नु पर्ने मापदण्ड तोकेको छैन् । उपत्यका मा छोटो दूरीमा चल्ने यातायात भन्दा लामो दूरीमा चल्ने यातायात को सरुवा रोग रोकथामको मापदण्ड फरक हुनै पर्छ । लामो दूरीमा लामो समय एकै स्थानमा बस्न पर्ने र धेरै स्थान अनि समुदायको यात्रुहरु हुने भएको ले सुरक्षा मापदण्ड कडा र फरक हुनु पर्छ भन्ने सार्बजनिक यातायात प्रयोग कर्ता यात्रुहरुको रहेको छ ।

जे भए पनी सरकार ले यातायात ब्यबसायीहरुले आफू खुशी संञ्चालनमा ल्याउछु भने पछि सार्बजनिक यातायात र आन्तरिक उडान सञ्चालन गर्न दिनु सकारात्मक रुपमा लिएका छन् ।

यधपी महामारी र संक्रमण बढ्दो रहेको बेलामा यातायात ब्यबसायी र यात्रु कति को अनुशासनमा रहन्छन् त्यो हेर्न बाँकी नै छ । आज ब्यबसायी र अन्य नागरिक सरकार समक्ष यहि प्रश्न गरि रहेका छन् हिजो किन बन्द गर्यो आज फेरी किन चल्न स्वीकृती दियो ??? अन्योल !!