विभिन्न पटाका बरामद

October 29, 2020   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

कचनकवल गाउँपालिका-४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब १ लाख रुपैयाँ बराबरको पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा विभिन्न प्रकारका पटकाहरु ल्याउदै गरेका व्यक्तिहरु सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरीलाई देखी उक्त पटाका फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

मोरङ, सुनबर्सी नगरपालिका-८ सिक्टी बजारबाट खोर्सानि बम २ पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका १ प्याकेट बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको गस्ती टोलीलाई देख्नासाथ उक्त पटाका छाडी मानिस साईकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।