नियन्त्रित लागूऔषध सहित पक्राउ

October 29, 2020   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

चन्द्रागिरी नगरपालिका- २ नागढुंगाबाट नियन्त्रित लागूऔषध ४ सय ९६ एम्पुल डाइजेपाम, ४ सय ८६ एम्पुल फेनारगन र ४ सय १४ एम्पुल नुर्फिन सहित बारा सिम्रनगढ नगरपालिका-२ अमृतगंज घर भएका २४ वर्षीय आदित्य कुशवाहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५३७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा कुशवाहले सिट मुनि राखि ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरको हो ।

उनी उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।