तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

October 29, 2020   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

कपिलवस्तु, बाणगंगा नगरपालिका-८ मध्य बनगाईबाट तास खलिरहेको अवस्थामा सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ४३ वर्षीय सन्तोष गिरी लगायत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।

बझाङ, जयपृथ्वी नगरपालिका-४ गोलाईस्थित सिन्केडाँडा बस्ने दिपक बहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित गोलाई बस्ने ३२ वर्षीय गगन खाती लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । दिपकको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई ७० हजार ७ सय ३० रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको छ ।

फरार दिपकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।