कुटपिटबाट मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा

May 29, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने २२ वर्षीया कुशुम श्रेष्ठको कुटपिटबाट शुक्रबार राति मृत्यु भएको छ ।

उनका पति सोही ठाउँ बस्ने सिन्धुपाल्चोक तौथली घर भएका २६ वर्षीय अजय श्रेष्ठले कुटपिट गर्दा गम्भीर घाइते भएकी कुशुमको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अजयलाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।