जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

May 29, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिला गाउँपालिका-३ बस्ने २१ वर्षीय लक्की बुढालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

लक्की र सोही गाउँपालिका खलंगा बजार बस्ने मुकेश महतले जेठ ११ गते किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये लक्कीलाई पक्राउ गरेको हो । लक्कीलाई जिल्ला प्रहरी कार्यालयतर्फ लैजाने क्रममा तिला गाउँपालिका ३ र ४ जोडने त्रिवेणीस्थित तिला नदीको झुल्लुङ्गे पुल तर्ने क्रममा पुलबाट हाम फालेर घाइते भएकोले उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।

घटनामा संलग्न हाल फरार मुकेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।