अवैध लागूऔषध सहित पक्राउ

May 29, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

बढैयाताल गाउँपालिका-३ भोलागौडी मान्झुण्डी सामुदायिक वन नजिकबाट ६ सय ९४ ग्राम अवैध लागूऔषध चरेस सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २६ वर्षीय कमल बिश्वकर्मा, सोही ठाउँ बस्ने ३२ वर्षीय काली बहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका-८ शितलाबजार बस्ने ४८ वर्षीय बल बहादुर कामी रहेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।