मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ

May 29, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

भजनी नगरपालिका-३ पडरिया बस्ने ४२ वर्षीय प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको से.७ प ३२१६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालीका-१७ बस्ने २१ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका-१५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । गत जेठ ९ गते राति चोरी भएको उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपलिका-७ देबरीयास्थित जंगलमा मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी शीर्षक मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।