कोरोना का कारण गायिका लासिमित राईको निधन

May 30, 2021   Filed under कला/साहित्य >>>> Please Subscribe our Youtube Channel

नेपाली सांगीतिक क्षेत्रमा नआउ सपना भरी, तिमीले दिएका वेदना, टुटेका मन, सधैँ भरी जस्ता लोकप्रिय गीतहरु द्वारा रुचाईएकी गायिका लासिमित राईको कोरोना संक्रमण भई शनिबार मृत्यु भएको छ ।

गायिका राईको श्रीमान् को केही महिना अघि मात्रा निधन भएको थियो ।

गायिका राईको निधन प्रति आफू स्तब्ध भएको गायक स्वरुपराज आचार्यले फेसबुक वालमा लेखेका छन् । त्यस्तै स्व. गायिका राई संग आफूले डोरेमी संगीत पाठशालामा संगै स्वरकक्षा लिएको र आफ्नो गीतमा स्वर पनी दिएको पल संम्झदै गायिका रुपा बिष्टले पनी फेसबुक मार्फत गायिका राईको निधनले आफू मर्माहत भएको लेखेकी छिन् ।