बरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी

May 28, 2021   Filed under कला/साहित्य >>>> Please Subscribe our Youtube Channel

बरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

टेलिभिजनकर्मी शुसिल नेपालले फेसबुक मार्फत गायक दीप श्रेष्ठलाई कोभिड संक्रमण भएको पुष्टी गरेका छन् ।

स्वास्थ्यमा समस्या आए पछि थप उपचारका लागी हाल गायक श्रेष्ठलाई राजधानीको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । पछिल्लो समय गायक दीप श्रेष्ठ हिमालय टिभी बाट प्रसारित “भ्वाईस अफ नेपाल” मेगा टिभी कार्यक्रममा निर्णायक समुहमा रहेका छन् । सोही टिभी कार्यक्रमका अर्का समुह निर्णायक गायक प्रमोद खरेललाई पनी ८ महिनाको दौरान दोस्रो पटक कोभिड संक्रमित पाईएको थियो ।

अस्पतालमा उपचाररत गायक श्रेष्ठको स्वास्थ्य अबस्था अहिले स्थिर रहेको छ भने सुधारोन्मुख पाइएको छ ।