राप्रपा काठमाण्डौ क्षेत्र-२(क) का मा केन्द्रिय महाधिबेशन प्रतिनिधि निर्बाचित

November 22, 2021   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको मिडिया सम्बाददाता !

राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार देखि सुरु भएको केन्द्रिय महाधिवेशन प्रतिनिधि छनौट गर्ने सन्दर्भमा काठमाण्डौ क्षेत्र नं २ क बाट केन्द्रिय महाधिबेशन प्रनिधिमा केन्द्रिय सदस्य शुशिल कुमार भट्टराई सहित अधिबक्ता बिष्णु भट्टराई, बिष्णु प्रसाद भट्टराई, दिपेन्द्र प्रसाद रेग्मी, कुन्ती देबी पोखरेल, सर्मिला सुबेदी, हरी डंगोल, राम बहादुर भुजेल, रीता परियार, गिता गजुरेल निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबार देखि सुरु भएको छ । महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने छ । अध्यक्ष त्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको टुंगो लागिसकेको राप्रपाले जनाएको छ ।

भक्तपुरमा भने विवादका कारण तल्लो तहको अधिवेशन हुन सकेको छैन ।

महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको हो ।