अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

May 30, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

बुद्धशान्ति गाउँपालिका-३ धाईजन चौकबाट २ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय भिमल बस्नेत र सोही ठाउँ बस्ने २९ वर्षीय बिशाल बस्नेत रहेका छन् । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।