ताजा समाचार • Halkhabar

देउवा कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी नहुने

देउवा कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी नहुने

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजदेखि काठमाडौँमा सुरु हुने १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

पार्टी सभापति गगन कुमार थापाले महाधिवेशनका लागि निमन्त्रणा पठाए पनि देउवा उद्घाटन सत्र तथा महाधिवेशनका कुनै पनि कार्यक्रममा नजाने तय भएको देउवा पक्षको रहेको छ ।

पार्टीभित्र सामानान्तर गतिविधि चलाइरहेको देउवा पक्षले विशेष महाधिवेशनमार्फत चयन भएका गगन थापालाई सभापतिको रूपमा स्वीकार गरेको छैन । देउवा पक्षले गत असोज १५ गतेदेखि आफ्नै छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ, जसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिरमा गर्ने तय गरिएको छ ।