मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुने आरोहीको संख्या १५ पुगेको छ। बिहीबार थप आठ जनाको शव फेला परेसँगै मृतकको संख्या १५ पुगेको हो।
असोज ११ गते नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा १६ जना बेपत्ता भएका थिए। तीमध्ये ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।
बुधबार तीन तथा आइतबार र सोमबार चार जनाको शव फेला परेको थियो। अझै एक जना बेपत्ता छन्। खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको भए पनि खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।
