ताजा समाचार • Halkhabar

पाइलटबीच विवादपछि फ्लाइदुबईको विमान डाइभर्ट

पाइलटबीच विवादपछि फ्लाइदुबईको विमान डाइभर्ट

दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको यात्रुवाही विमानमा दुई पाइलटबीच उग्र विवाद भएपछि विमानको उचाइ अचानक घटेको छ।

घटनाका क्रममा विमानबाट ‘७५००’ आपत्कालीन कोड प्रसारण भएपछि हाइज्याकको आशंका गरिएको थियो। त्यसपछि इजरायलले निगरानीका लागि लडाकु विमान परिचालन गरेको थियो।

स्थिति नियन्त्रणमा आएपछि फ्लाइदुबईको विमानलाई तेल अभिभको सट्टा साउदी अरबको ताबुकतर्फ डाइभर्ट गरिएको थियो। विमान ताबुकमा सुरक्षित अवतरण गरिएको बताइएको छ।