ताजा समाचार • Halkhabar

भक्तपुरमा परोपकारी उद्देश्यका साथ ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने

भक्तपुरमा परोपकारी उद्देश्यका साथ ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने

भक्तपुरमा समाजसेवा र सांगीतिक मनोरञ्जनलाई एकसाथ जोड्दै च्यारिटी म्युजिक फेस्टिभल ” म्युजिक जात्रा–ख्वपः” आयोजना हुने भएको छ।

बुधबार आयोजित एक पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले आगामी मंसिर १२ गते भक्तपुरको सल्लाघारी मैदानमा सांगीतिक कार्यक्रम सञ्चालन गर्न लागिएको औपचारिक जानकारी दिएको छ ।

यस सांगीतिक जात्राको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक ” कुमा सागर एन्ड द ख्वपः ब्यान्ड” रहनेछन् । कुमा सागरका साथै कार्यक्रममा नेपालको चर्चित रक ब्यान्ड “मुक्ति एन्ड रिभाइभल” र “निभाः डंगोल एन्ड चबाही दबु” ले समेत आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन गराउनेछन्।

आयोजकका अनुसार कार्यक्रमस्थलमा प्रवेश गर्नका लागि दर्शकहरूले कुनै महँगो टिकट किन्नु पर्नेछैन ।

सांगीतिक कार्यक्रमको आयोजनाको मुख्य उद्देश्य लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमको मूल उद्देश्य स्थानीय समुदायलाई सहयोग पुर्‍याउनु हो।

कार्यक्रमबाट सङ्कलन हुने कुल रकमको ५० प्रतिशत भक्तपुरमा सञ्चालित समुदायमा आधारित पुनर्स्थापना संस्था (CBRO) लाई हस्तान्तरण गरिनेछ ।

यसबाहेक, कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकहरूबाट सङ्कलन हुने प्रत्यक्ष सहयोग रकम पनि सीबीआरओकै सेवामूलक कार्यका लागि प्रदान गरिने आयोजकले जनाएका छन्।