ताजा समाचार • Halkhabar

प्राविधिक सांसदहरूलाई विज्ञता अनुसार देश विकासमा जुट्न प्रधानमन्त्रीको आह्वान

प्राविधिक सांसदहरूलाई विज्ञता अनुसार देश विकासमा जुट्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई पार्टी राजनीतिभन्दा माथि उठेर आफ्नो ज्ञान, सीप र अनुभव दीर्घकालीन नीति तथा नयाँ विचार निर्माणमा लगाउन आग्रह गर्नुभएको छ।

सिंहदरबारमा आयोजना गरिएको प्रतिनिधिसभाका प्राविधिक सांसदहरूसँगको छलफलमा उहाँले राजनीतिक गतिविधि निर्वाचनको समयमा सीमित राखी अन्य समयमा मुलुकको समृद्धि र विकासका लागि प्राविधिक दक्षताको अधिकतम उपयोग गर्न सुझाव दिनुभयो ।

सांसदहरूलाई ‘असाधारण’ व्यक्तिको संज्ञा दिँदै प्रधानमन्त्री शाहले नयाँ उपाय र सोचका साथ काम गरे पाँच वर्षमै देशको मुहार फेर्न सकिने धारणा व्यक्त गर्नुभयो ।