काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-९ गोंगबु बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ घर भएका ४९ वर्षीय राज कुमार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी ले जनाएको छ ।

