ताजा समाचार • Halkhabar

बुद्धनगर-थापाथली सडकखण्डमा सवारी दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

बुद्धनगर-थापाथली सडकखण्डमा सवारी दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

काठमाडौंको बुद्धनगर-थापाथली सडकखण्डस्थित रोजबड स्कुल नजिकै मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शंखमूलबाट थापाथलीतर्फ जाँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२०६२ प ९६३१ नम्बरको स्कुटरसँग ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल एक चालक रौतहट कटहरिया–२ का २६ वर्षीय नाम नखुलेको को उपचारका क्रममा राति १:१० बजे मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार २५ वर्षीय दिपेन्द्र दास, स्कुटर चालक चितवनका २३ वर्षीय सुदिप श्रेष्ठ र स्कुटर पछाडि सवार सर्लाहीका २८ वर्षीय मोहन शाह घाइते भएका छन् । घाइते दिपेन्द्रको अनुहारमा चोट लागेको र अवस्था गम्भीर छ भने अन्य दुई जनाको टाउकोमा चोट लागे पनि अवस्था सामान्य रहेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तीव्र गतिकै कारण दुई पाङ्ग्रे सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।