ताजा समाचार • Halkhabar

मर्मतका लागी मंगलबार मनकामना केवुल कार बन्द

मर्मतका लागी मंगलबार मनकामना केवुल कार बन्द

नियमित मर्मत संभारका निम्ति मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने भएको छ ।

चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म चल्ने केबलकार सेवा मंगलबार बन्द गरिने भएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार बन्दको क्रममा केबलकारका टावरहरूको निरीक्षण तथा मर्मतसम्भार गरिनेछ भने कुरिनटार र मनकामना दुवै स्टेसनको प्राविधिक परीक्षण पनि गरिनेछ ।

मर्मतसम्भार सम्पन्न भएपछि बुधबार, असोज २१ गतेदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ। सेवा बन्द हुँदा यात्रु तथा भक्तजनलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।