ताजा समाचार • Halkhabar

मकवानपुरमा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु, तीन जना बेपत्ता

मकवानपुरमा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु, तीन जना बेपत्ता
अक्षरको आकार

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाउँदा विद्यालयबाट घर फर्कँदै गरेका चार जना विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन्।

स्थानीय बासिन्दाका अनुसार मंगलबार विद्यालय छुट्टी भएपछि घर फर्कने क्रममा उनीहरूलाई बाढी आएर बासुदेव खोलाले बगाएको हो । बगाएका सबै विद्यार्थीहरू हेटौंडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयमा कक्षा ५ भन्दा मुनि अध्ययनरत थिए ।

खोलाले बगाएका विद्यार्थीहरूमध्ये एक जनाको शव फेला परेको छ। बेपत्ता भएका अन्य तीन जना विद्यार्थीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, खोज तथा उद्धार टोली र स्थानीय बासिन्दाहरू निरन्तर खटिरहेका छन् ।

अपडेट ::

मकवानपुर प्रहरीका अनुसार बासुदेव खोलाले बगाएका विद्यार्थीहरूको विवरण यसप्रकार छ:
रेश्मा स्याङ्तान (मृत फेला): कक्षा २ मा अध्ययनरत उनी बासुदेव क्षेत्रकै निवासी हुन् । उनको शव विद्यालयभन्दा करिब ३ किलोमिटर उत्तरतर्फ फेला परेको हो ।
सुमित्रा भोलन (बेपत्ता): खोलाले बगाएर हालसम्म फेला नपरेकी र खोजी कार्य जारी रहेकी विद्यार्थी ।
विनिता भोलन (बेपत्ता): बाढीमा परी हराइरहेकी अर्की छात्रा।
सिमा भोलन (बेपत्ता): खोलाले बगाएर खोजी भइरहेकी तेस्रो विद्यार्थी ।