ताजा समाचार • Halkhabar

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
अक्षरको आकार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी बस्ने पर्वत महाशिला गाउँपालिका-५ घर भएका ४० वर्षीय तुल प्रसाद अधिकारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०८० माघ २ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद सजाय र १४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।