ताजा समाचार • Halkhabar

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं लाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।

विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर अपराध) मा पक्राउ परेका प्रसाईंविरुद्धको मुद्दामा मंगलबार थुनछेक बहसपछि न्यायाधीशको इजलासले उक्त आदेश जारी गरेको हो ।

सामाजिक सञ्जालमार्फत अपमानजनक तथा चरित्रहत्या गर्ने खालका अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो।

प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्। यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।