ताजा समाचार • Halkhabar

बेपत्ता व्यक्तिलाई ४५ दिनमै मृत्यु घोषणा गर्न सकिने गरी अध्यादेश जारी गर्न सिफारिस

बेपत्ता व्यक्तिलाई ४५ दिनमै मृत्यु घोषणा गर्न सकिने गरी अध्यादेश जारी गर्न सिफारिस

काठमाडौँ !
सरकारले बाढी, पहिरोलगायतका विपद्मा परी बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोध हटाउने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत उक्त कानुनी अड्चन फुकाउने निर्णय गरेको हो ।

यसअघि कानुनमा १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिहरूलाई मात्र मृतक घोषणा गर्ने प्रावधान रहेकोमा त्यसलाई घटाएर ४५ दिन बनाउने नयाँ व्यवस्था गरिएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार भोटेकोशीको बाढी जस्ता प्राकृतिक विपद्का घटनालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।