काठमाडौँ |
नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाण्डौमा जारी छ । मंगलबार बिभिन्न पदका लागी उम्मेद्वार दर्ता तालिका रहेको थियो । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।
कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयसीमाभित्र वरिष्ठ उपसभापति पदका लागि शर्माको मात्र एकल उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। एकल उम्मेदवारी परेको हुनाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।
यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट शर्मा उपसभापतिमा चयन हुनुभएको थियो। त्यसअघि उहाँले २०७८ सालमा भएको १४औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ।
