नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको सभापति पदको निर्वाचनमा गगनकुमार थापा भारी मतान्तरका साथ विजयी हुनुभएको छ।
असोज २३, २०८३ मा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा सम्पन्न मतगणना अनुसार थापाले ६,५८४ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको हो ।
जम्मा खसेको मत ७,०१३ रहेको छ भने सदर मत ६,९५९ रहेको छ । जसमा बदर मत ५४ रहेको छ ।
नेपाली कांग्रेसको विधान, २०१७ (एकारौँ संशोधनसहित) र निर्वाचन निर्देशिका-२०८३ बमोजिम सम्पन्न यस निर्वाचनको आधिकारिक नतिजा केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य सचिव राजु कटुवाल र सदस्य सुजन लोप्चनले घोषणा गर्नुभएको हो ।
