नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित “९औँ नेपाल एग्रीटेक इन्टरनेसनल एक्सपो २०२७” (9th Nepal Agritech International Expo 2027) आयोजना हुने भएको छ।
आगामी २०२७ फेब्रुअरी १८ देखि २० सम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सञ्चालन हुनेछ।
फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको यस प्रदर्शनीले नेपालको सम्पूर्ण कृषि तथा कृषि-प्रविधि (Agri-technology) इकोसिस्टमलाई एकै स्थानमा ल्याउनेछ।
हाल नेपालको कुल गार्हस्थ उत्पादन (GDP) मा कृषि क्षेत्रको योगदान करिब २१.६ प्रतिशत रहेको छ र यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आएको छ। आर्थिक वर्ष २०२५ मा नेपालको कृषि क्षेत्रले ३.३ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो भने धान उत्पादन करिब ५९ लाख ६० हजार टन पुगेको थियो। नेपालमा करिब ३५ लाख ५० हजार हेक्टर योग्य भूमि रहेकोमा २६ लाख ३० हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने अवस्था छ ।
देशमा आधुनीकिकरण, सिँचाइ, उन्नत बीउबिजन, मलखाद, क्लाइमेट-स्मार्ट कृषि, कोल्ड स्टोरेज तथा बाली कटाइपश्चात्को प्रविधि (Post-harvest management) को उच्च माग रहेको छ। यसले गर्दा कृषि मेशिनरी, ट्र्याक्टर, ग्रिनहाउस प्रविधि, ड्रोन तथा डिजिटल कृषिका क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि नेपालमा व्यवसाय विस्तार गर्ने ठूलो अवसर सिर्जना गरेको छ।
प्रदर्शनीमा मुख्यतया के-के समेटिनेछन् ?
* कृषि मेशिनरी, ट्र्याक्टर तथा इम्प्लिमेन्टहरू
* सिँचाइ तथा जल व्यवस्थापन प्रणाली
* कोल्ड चेन, स्टोरेज र प्याकेजिङ प्रविधि
* सोलार कृषि समाधान तथा कृषि ड्रोन (Agri-Drones)
* स्मार्ट फार्मिङ तथा डिजिटल कृषि प्रविधि
* बीउबिजन, मलखाद र बाली सुरक्षा
* डेरी, पशुपन्छी पालन तथा कुखुरापालन प्रविधि
सहभागी कम्पनीहरूले पाउने लाभहरू
* नेपाली खरिदकर्ता, डिलर, वितरक, आयातक र एजेन्टहरूसँग प्रत्यक्ष भेटघाट।
* नयाँ व्यावसायिक साझेदारी विकास गर्न र वितरण सञ्जाल (Distribution Network) बिस्तार गर्न सहज।
* किसान, कृषि उद्यमी तथा व्यावसायिक प्रयोगकर्ताहरूसँग अन्तरक्रिया गर्ने अवसर।
* नेपाली बजारमा ब्रान्डको पहुँच र दृश्यता (Brand Visibility) मजबुत बनाउने मौका।
प्रदर्शनीले भारतलगायत अन्य देशका कम्पनीहरूलाई उनीहरूका नवीनतम कृषि उत्पादन र प्रविधिहरू नेपाली बजारमा प्रस्तुत गर्न उत्कृष्ट अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्नेछ भन्ने बिश्वास आयोजकले गरेको छ ।
