गृहमन्त्री सुधन गुरुङ आफ्नो तीनदिने भारत भ्रमण सम्पन्न गरी गएराति स्वदेश फर्कनुभएको छ।
मन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुनुभएका मन्त्री गुरुङले सम्मेलनलाई सम्बोधन गर्दै जलवायु परिवर्तनबाट सिर्जित विपद् जोखिम न्यूनीकरण गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव अगाडि सार्नुभएको छ ।
नयाँ दिल्लीमा रहँदा उहाँले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो भने स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री डा. एस जयशङ्करसँग समेत सङ्क्षिप्त भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। उहाँ यही असोज २६ गते भारत भ्रमणमा प्रस्थान गर्नुभएको थियो ।
