ताजा समाचार • Halkhabar

कर्णाली राजमार्गमा यात्रा नगर्न आग्रह

कर्णाली राजमार्गमा यात्रा नगर्न आग्रह

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डमा पहिरो जाने क्रम जारी छ। गगने र राँचुली पहिरो सफा गर्ने काम भइरहेको छ भने राँका, भिग्म, रारालिही, त्रिवेणी लगायतका स्थानमा सडक खुलाइएको छ।

मौसम अझै प्रतिकूल रहेकाले नयाँ पहिरो जाने र सडक पुनः अवरुद्ध हुने जोखिम उच्च छ। त्यसैले अत्यावश्यक कामबाहेक कम्तीमा एक–दुई दिन कर्णाली राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

यातायात व्यवसायीहरूलाई समेत यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिन अनुरोध गरिएको छ। बाटो खुले पनि जोखिम पूर्ण रूपमा हटेको नहुन सक्छ।