ताजा समाचार • Halkhabar

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको निधन भएको छ।

८६ वर्षीय शर्माको बुधबार साँझ काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. विवेक बरालले जानकारी दिएका छन्।

सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए।

काठमाडौं विश्वविद्यालय स्थापनाको प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्मा विश्वविद्यालयका पहिलो उपकुलपति बनेका थिए। उनले सन् १९९१ देखि २०१२ सम्म लगातार करिब २१ वर्ष विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए।