ताजा समाचार • Halkhabar

राहत तथा पुनर्स्थापनामा एनआरएनए निरन्तर क्रियाशील

राहत तथा पुनर्स्थापनामा एनआरएनए निरन्तर क्रियाशील

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कामहरू निरन्तर भइरहेको जनाएका छन्। बाढी प्रभावित क्षेत्रमा हाल खाद्यान्न, स्वास्थ्य सेवा र अत्यावश्यक सामग्री वितरण भइरहेको जानकारी गराउँदै उहाँहरूले दीर्घकालीन पुनर्निर्माणका लागि गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र प्रविधिलाई सरकारसँगको समन्वयमा परिचालन गरिने बताउनुभयो।

एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्का, उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) र सहकोषाध्यक्ष गंगा खतिवडालगायतका पदाधिकारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा संघले देशमा पर्ने हरेक विपद्मा एकजुट भई प्रभावकारी भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।