संयुक्त राष्ट्रसंघको ८१ औँ साधारण सभा (UNGA81) को आम बहस आजदेखि सुरु भएको छ। यस ऐतिहासिक उद्घाटन सत्रमा नेपालको तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल सहभागी हुनुभएको छ।
यस पटकको महासभामा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएको छ। प्रधानमन्त्री शाहले आगामी सेप्टेम्बर २४, २०२६ मा संयुक्त राष्ट्रसंघको साधारण सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
यस ८१ औँ महासभाको मुख्य विषय वस्तु “विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि परिणामदायी संयुक्त राष्ट्रसंघ” रहेको छ। यो विषयवस्तुले संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य, सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनप्रति नेपालको अटुट विश्वासलाई झल्काउँछ। साथै, कसैलाई पनि पछाडि नछाडी विश्वव्यापी शान्ति, मानव मर्यादा र दिगो विकासलाई अघि बढाउने नेपालको दृढ प्रतिबद्धतालाई समेत पुनर्पुष्टि गर्दछ।

