ताजा समाचार • Halkhabar

एनपीएल सिजन–३ को खेल तालिका सार्वजनिक

एनपीएल सिजन–३ को खेल तालिका सार्वजनिक
अक्षरको आकार

नेपाल प्रिमियर लिग (NPL) सिजन–३ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।

उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। लिग चरणका खेलहरूपछि नोभेम्बर १७ मा क्वालिफायर–१, १८ मा एलिमिनेटर र १९ मा क्वालिफायर–२ हुनेछ।

प्रतियोगिताको ग्रान्ड फिनाले नोभेम्बर २१ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।