ताजा समाचार • Halkhabar

मातृ तथा नवजात धनुष्टंकार उन्मूलनमा नेपाललाई डब्ल्यूएचओको सम्मान

मातृ तथा नवजात धनुष्टंकार उन्मूलनमा नेपाललाई डब्ल्यूएचओको सम्मान
अक्षरको आकार

मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि निरन्तर कायम राख्न सफल भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई विशेष सम्मान प्रदान गरेको छ।

डब्ल्यूएचओको ७९औँ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठकका क्रममा प्राप्त सम्मानपत्र अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई हस्तान्तरण गर्नुभएको हो।

बलियो राष्ट्रिय प्रतिबद्धता, प्रभावकारी खोप सेवा र सुरक्षित प्रसूति अभ्यासमार्फत मातृ तथा नवजात स्वास्थ्य सुरक्षामा नेपालले गरेको निरन्तर प्रयासको अन्तर्राष्ट्रिय कदरका रूपमा उक्त सम्मानलाई लिइएको छ।