ताजा समाचार • Halkhabar

रसुवामा आएको बाढीका कारण पठनपाठन ठप्प, विद्यार्थीको भविष्य अन्योलमा

रसुवामा आएको बाढीका कारण पठनपाठन ठप्प, विद्यार्थीको भविष्य अन्योलमा
अक्षरको आकार

रसुवामा आएको बाढी र पहिरोले रसुवा जिल्लाको जनजीवन प्राय ठप्प बनेको छ। बाढीका कारण स्थानीय विद्यालय भवनहरूमा क्षति पुग्नुका साथै यातायात सेवा अवरुद्ध हुँदा अध्ययनरत विद्यार्थीहरू सबैभन्दा बढी मारमा परेका छन्।

बाढीका कारण विद्यालय जाने सडक तथा पैदल मार्गहरू बगेका र जोखिमपूर्ण बनेकाले धेरैजसो विद्यालयहरू बन्द गरिएका छन्। केही विद्यालयका भवन तथा हाताभित्र बाढीको धमिलो पानी र लेदो पसेकाले कक्षाकोठाहरू प्रयोगविहीन बनेका छन् । बाढीका कारण कतिपय विद्यार्थीको घरभित्र पानी पस्दा पाठ्यपुस्तक, कापी र ड्रेस बगाएको वा भिजेर नष्ट भएको छ। अकल्पनिय पहिरो र बाढीको त्रासका कारण विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परेको छ, जसले गर्दा उनीहरू त्रासमै दिन बिताउन बाध्य छन्।

स्थानीय प्रशासन र विद्यालय व्यवस्थापन समितिले जोखिमयुक्त क्षेत्रका विद्यार्थीहरूलाई सुरक्षित रहन आग्रह गर्दै, सडक पहुँच र विद्यालय भवनको मर्मत सम्भारपछि मात्र पठनपाठन सुचारु गर्ने तयारी गरिरहेका छन्।